मकवानपुर – विश्व वातावरण दिवसका अवसरमा आज हेटौंडामा वातावरणीय सचेतना मूलक साइकल ¥यालीको आयोवजना गरिएको छ । हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा कार्यक्रम भएको हो ।
शनिबार हेटौंडा उपमहानगरपालिका कार्यालयबाट सुरु भएको साइकल ¥याली चौघडा, हटिया, रातोमाटे, हेटौंडा बजार क्षेत्रहुँदै पुन उपमहानगरपालिका कार्यालयमा आएर समापन गरिएको थियो । टोल विकास संस्था नगरसमन्वय समिति हेटौंडाका अध्यक्ष धुर्ब अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा अध्यक्ष अधिकारीले टोल बिकास संस्था नगर समन्वय समिती हेटौंडा उपमहानगरपालिकाको हरेक बर्षको जेष्ठ २२ गते बिश्व बाताबरण दिवसलाई सप्ताहब्यापी रुपमा बाताबरण संरक्षणका बिबिध कार्यक्रमको आयोजना गरेर मनाउने गरेको बताउनुभयो । उहाँले वातावरण संरक्षणमा सबैको सहयोग आवश्यक रहेको समेत औल्याउनुभएको छ । उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, हेटौंडा–२ का वडा अध्यक्ष बिष्णु गोपाल महर्जन, उपमहानगरपालिका सामाजिक विकास महासाखा प्रमुख विष्णु कुमारी लामिछाने लगायतकाको आतिथ्यता रहेको थियो ।