मकवानपुर – मकवानपुरमा शनिबार दिउँसो परेको अविरल वर्षाका कारण हेटौंडाको बसपार्क लगायत विभिन्न क्षेत्र डुबानमा परेको छ । हेटौंडा उपमहानगरपालिका–१० स्थित बस पार्क, मेनरोड, पिप्लेलगायतका क्षेत्र डुवानमा परेको हो ।

भारी वर्षाले हेटौंडा–१० स्थित, बसपार्क, टेम्पोपार्क, खसी बजार, हंकङ बजार, हेटौंडा–५, स्थित पिप्ले, सानोपोखरा तथा पिप्ले रंगशाला लगायतका क्षेत्र जलमग्न बनेको छ । ढल र पानी बग्ने निकास नभएकाले केहीसमय परेको पानीले यी क्षेत्रमा वर्षेनी यस्ता समस्या आउने गरेको छ । बागमती प्रदेशको राजधानीका रुपमा रहेको हेटौंडाका स्थानीयले वर्षौदेखि समस्या भोगिरहेपनि प्रदेश सरकार र स्थानीय तहले ध्यान दिन सकेको छैन् ।