मकवानपुर – शनिबार दिउँसो परेको अविरल वर्षाका कारण हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकको आजको खेल स्थगीत भएको छ । भारी वर्षाको कारण पिप्ले रंगशालामा जारी प्रतियोगिता अन्तरगत आज हुने सशस्त्र प्रहरीको एपिएफ क्लब र फ्रेन्डस क्लबबीचको खेल स्थगीत गरिएको हो । अपरान्न ४ बजेबाट सुरु हुनुपर्ने खेल वर्षाको कारण सुरु हुन नसकेपछि आयोजकले खेल स्थगीत गरेको जनाएको छ । आयोजक मकवानपुर जिल्ला फुटबल संघले आजको खेल भोली बिहान साँढे ८ बजे हुने जनाएको छ ।

May be an image of body of water

यता वर्षाका कारण हेटौंडाका विभिन्न क्षेत्र डुवानमा परेको छ । वर्षका कारण हेटौंड–१० स्थित बस पार्क, मेनरोड, पिप्लेलगायतका क्षेत्र डुवानमा परेको छ । भारी वर्षाले हेटौंडा–१० स्थित, बसपार्क, टेम्पोपार्क, खसी बजार, हंकङ बजार, हेटौंडा–५, स्थित पिप्ले, सानोपोखरा तथा पिप्ले रंगशाला लगायतका क्षेत्र जलमग्न बनेको छ । ढल र पानी बग्ने निकास नभएकाले केहीसमय परेको पानीले यी क्षेत्रमा वर्षेनी यस्ता समस्या आउने गरेको छ । बागमती प्रदेशको राजधानी समेत हेटौंडाका स्थानीयले वर्षौदेखि समस्या भोगिरहेपनि प्रदेश सरकार र स्थानीय तहले ध्यान भने दिन सकेको छैन् ।

This image has an empty alt attribute; its file name is hetauda-duwanma.jpg