फाइल फाेटाे

विश्व कप क्रिकेट लिग-दुईमा सहभागी हुन अमेरिकाको टेक्सस पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यासमा व्यस्त छ । गएको आइतवार टेक्ससको ह्युस्टन सहर पुगेको टोलीले लिग दुई अघि अस्ति बिहीवार नेपाली अल स्टारसँग अभ्यास खेल खेलेको थियो । कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेको खेलमा पाँच विकेट लिए पनि नेपाली टोली अल स्टारसँग ४ विकेटले पराजित भएको थियो ।
आज ह्युस्टन हरिकेन्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति सवा नौ बजे सुरु हुनेछ । आईसीसी विश्व कप लिग दुई अन्तर्गत नेपालले अमेरिका र ओमानसँग दुई/दुई वटा श्रृङ्खला खेल्नेछ । नेपालले पहिलो खेल जेठ २६ मा ओमानसँग खेल्नेछ । त्यस्तै जेठ २८ गते अमेरिका, जेठ ३१ गते ओमान र असार १ गते अमेरिकासँग खेल्नेछ । अहिलेसम्म अङ्क तालिकामा ओमान ३२ खेलमा ४० अङ्कसहित शीर्ष स्थानमा छ । स्कटल्यान्ड २० खेलमा २८ अङ्कसहित दोस्रो, यूएई २१ खेलमा २४ अङ्ककासाथ तेस्रो, अमेरिका १९ खेलमा १८ अङ्ककासाथ चौथो, नामिबिया १४ खेलमा १४ अङ्ककासाथ पाँचौँ, नेपाल १२ खेलमा १२ अङ्ककासाथ छैटाैँ र पपुवा न्युगिनी २० खेलमा २ अङ्ककासाथ सातौँ स्थानमा रहेका छन् ।