file photo

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा घटाएकाे छ । नेपाल आयल निगमले बिहीबार मात्रै पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएपछि गाडी भाडा पनि घटेको हो ।
विभागले गाडी भाडा समायोजन गरेर भाडा सूची सार्वजनिक गरेको छ । नेपाल आयल निगमले गएरातिदेखि पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ घटाएको हो । विभागका अनुसार यात्रुवाहक गाडीको भाडा २ प्रतिशतले घटेको छ । यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा २ दशमलव ६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीको भाडा २ दशमलव ९ प्रतिशतले घटेको छ ।