हेटाैंडा–प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन सेन्टर महाराजगंजमा आकस्मिक उपचार गराई पूर्ण स्वास्थ्यलाभ हासिल भएसँगै डिस्चार्ज हुनुभएको छ । उहाँ डिस्चार्जपश्चात् आफ्नो सरकारी निवास बालुवाटार पुग्नुभएको छ । उहाँ बिहीबार राती ११:३० पछि मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पतालमा भर्ना गरिनु भएको थियो । करिब २० घण्टा अस्पतालमा रहेर उहाँले मुटुको धड्कन बढ्नुको कारण खोजेर उपचार गराउनुभएको छ । उहाँको २४ दिन अघि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।