सरकारले किसान पेन्सन योजना सुरुवात गर्न किसान हित कोषको स्थापना गर्ने भएको छ । आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले काेष स्थापना गर्ने र कोषमा किसानले हरेक महिना जम्मा गर्ने रकमको १० प्रतिशत रकम सरकारले जम्मा गरिदिने बताउनुभयो । 
कोष स्थापनाका लागि सरकारले सुरुवातमा बिउ पुँजीबापत एक अर्ब रुपैयाँ छुट्याएकाे छ ।