सरकारले आउँदो आर्थिक वर्षमा युवा उद्यमी तथा वैदेशिक राेजगारीबाट फर्केका व्यवासायीलाई सहज ऋणकाे व्यवस्था गरेकाे छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै युवा उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्केका उद्यमीलाई च्यालेन्ज फन्ड स्थापना गरि सहुलियतपूर्ण कर्जा प्रदान गरिने बताउनुभएको छ । यस्तै, युवा उद्यमशीलता स्टार्टप सुरु गर्ने कार्यक्रमलाई निरन्तरता दिइने । नव प्रवद्र्धन गर्न सुरुवाती पुँजीको लागि ऋण प्रदान गरिने । सुरुवाती पुँजी उपलब्ध गराउने । भेन्चर क्यापिट मार्फत पुँजी प्रदान । यसको लागि २६ करोड विनियोजन गरिने बताउनुभयो ।