सरकारले जडीबुटी खेतीको बीमा गर्ने व्यवस्था मिलाउने लक्ष्य लिएको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले प्रदेशस्तरमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने व्यवस्था मिलाइने बताउनुभयो । यस्तै सुदूरपश्चिमको अत्तरिया, कर्णाली प्रदेशको सुर्खेतमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरी सञ्चालन गर्ने व्यवस्था मिलाइने पनि आउँदो आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको छ ।