नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को ‘ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ नेकपा (माओवादी केन्द्र) को आठौँ महाधिवेशन सुरु भएको छ । चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओ त्से तुङको स्मृति दिवसको अवसर पारेर माओवादीले कमलादीस्थित प्रज्ञा–प्रतिष्ठान परिसरमा महाधिवेशनको आयोजना गरेको छ । माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको हाे । 

नेपाली काँग्रेसका सभापति एवम् प्रम शेरबहादुर देउवालाई स्वागत गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
नेपाली काँग्रेसका सभापति एवम् प्रम शेरबहादुर देउवालाई स्वागत गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
सहभागीहरुलाई अभिवादन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल ।
मन्तव्य दिँदै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेल ।
महाधिवेशन कार्यक्रमस्थलको प्रवेशद्वारामा पार्टी कार्यकर्ताको भीड ।
मयूर नाच देखाउँदै कलाकार ।
पञ्चेबाजा नाच देखाउँदै महिला कलाकार ।
राष्ट्रिय गीत गाउँदै पार्टीका कलाकार, नेता तथा कार्यकर्ता ।
मयूर नाच देखाउँदै कलाकार ।

फोटो : रासस