कोरोना भाईरसका कूल संक्रमितमध्ये संक्रमण मुक्त हुने ९४ दशमलव ९ प्रतिशत रहेका छन् । आज देशभर १ हजार ५ सय जना संक्रमण मुक्त भएसँगै नेपालमा हालसम्म ९४ दशमलव ९ प्रतिशत कोरोना भाईरस संक्रमण मुक्त भईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तथ्याङ्क अनुसार संक्रमण मुक्त हुनेको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ ।
देशभर ५ हजार १ सय ८१ वटा पिसिआर परिक्षण गर्दा ५ सय पुरुष र ३ सय ३० महिला गरी कूल ८ सय ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना भाईरसबाट संक्रमित हुनेको कूल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ ।
हाल देशभर १० हजार ९ सय ९४ जना संक्रिय संक्रमित मध्ये ६ सय २ सय ३२ जना होम आईसोेलेसनमा रहेका छन् । गम्भीर लक्षण देखिएका २ सय ९४ जना आई।सी।यू र ५२ जनाको भेण्टिलेटरमा उपचार भईरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण आज थप ९ जनाको मृत्यु भएसँगै संक्रमण पछि मृत्यु हुनेको संख्या १ हजार ६ सय ९८ पुगेको छ ।
यसैगरी कोरोना भाइरसको संक्रमणबाट आज थप ९ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म १ हजार ६ सय ९८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।