बागमती प्रदेशको प्रदेशसभा बैठक आज दिउँसो २ बजे बस्दैछ । बैठकका लागि सोमबार बसेको प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले ६ वटा कार्यसूची तय गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/०७८ को बार्षिक प्रतिवेदन पेश गर्ने हुने छ । त्यस्तै, प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ तथा विकास समितिका सभापति नारायण बहादुर सिलवाल, शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति केशव प्रसाद पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेले आफ्नो समितिको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । यसैगरी, आजकै बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले आर्थिक सर्वेक्षण २०७८र७९ पेश गर्नुहुनेछ । बागमती प्रदेश सरकारले भोलि अपरान्ह ४ बजे बजेट ल्याउन लागेको छ । बागमती प्रदेश सभाले १९ गते आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम पास गरेको थियो ।