अन्तरमहादेशीय प्लेअफमा पेरुलाई हराउँदै अस्ट्रेलिया कतारमा हुने सन् २०२२ को विश्व कप फुटबलमा छनोट भएको छ । गएराति भएको खेलमा अस्ट्रेलियाले पेरुलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराएको हो । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटसम्म पुगेको थियो ।अस्ट्रेलिया सन् २००६ को विश्व कपपछि लगातार प्रतियोगितामा छनोट हुँदै आएको छ । विश्व कपमा छनोट हुने अन्तिम टोलीको टुङ्गो आज लाग्नेछ ।