मकवानपुर- जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले बुधबार हेटौंडा ८ कमानेमा सञ्चालित योजनाको अनुगमन गर्नुभएको छ । जिल्ला समन्वय समितिको मौजदात कोषबाट खर्च हेटौंडा ८ कमानेमा निर्माण भईरहेको बहुउपयोगि सभाहल सहितको भव्य पार्कको उहाँले अनुगमन गर्नुभएको हो ।

जिससको मौजदात कोषबाट उक्त स्थानमा बहुउपयोगि सभाहल निर्माणकालागि रकम उपलब्ध गराईएको छ । तत्कालीन जिल्ला विकास समितिको रकमबाट निर्माण सुरु भएको सभाहलको अधुरो काम पुरा गर्न जिससले रकम उपलब्ध गराएको छ । जिससको ६० प्रतिशत तथा हेटौंडा उपमहानगरपालिकाको ४० प्रतिशत गरि कुल १ करोडको लागतमा हेटौंडा ८ कमानेमा निर्मार्णाधिन पार्कमा सभाहल निर्माण हुन लागेको हो ।
अनुगमनका क्रममा प्रमुख खुलालले सभाहल बहुउपयोगि भएकाले यसको निर्माणमा वडा कार्यालय तथा स्थानीय सक्रिय भएर लाग्नु पर्ने बताउनु भयो । उपलब्ध रकमले सभाहल निर्माण सम्पन्न हुने भएकाले छिटो काम गर्न निर्देशन समेत दिनुभयो । अनसगमनमा ८ नम्बर वडाअध्यक्ष गोपाल बहादुर श्रेष्ठलगायतको सहभागिता थियो ।