मकवानपुर – मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा नेकपा एमालेले अग्रता कायम गरेको छ । ५ वटा वडा रहेके ईन्द्रसरोवरमा ४ वटाको मतगणना सम्पन्न भईसक्दा एमालेले अध्यक्ष तथा उपाध्यक्ष पदमा अग्रता कायम गरेको हो ।
एमालेका उम्मेदवार देबकृष्ण पुडासैनी ७२३ मत अन्तरले अगाडि हुनुहुन्छ । एमालेका देबकृष्ण पुडासैनी–३४२५ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी कांग्रेसका विश्वलाल लामाले – २७०२ मत प्राप्त गर्नु भएको छ । यसैगरी उपाध्यक्षमा नेकपा एमालेका उमा लामाले –३३७८ मत प्राप्त गर्नु भएको छ । भने, काग्रेसका निर्मला रुम्बाले २७६६ प्राप्त गर्नु भएको छ । इन्द्रसरोवरमा दुइ वटा वडा एमाले र दुइ वटा वडा एमाले विजयी भएको छ । इन्द्रसरोवर १ र २ मा कांग्रेस र ३ र ४ मा एमालेका वडा अध्यक्ष सहित प्यालनै विजयी भएका छन् ।











