हेटौंडा – मत गणनामा ढिलाई हुदा हेटौंडा उपमहानगरपालिकामा गणना स्थल थप्ने तयारी भएको छ । हेटौंडा–२, सिथ्त सिदार्थ माविमा थप चारवटा मतगणना स्थल थप्ने तयारी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । थप चार मतगणना स्थलमा गणना गर्नका लागि तारजाली हाल्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । हेटौँडामा कूल एक लाख चार हजार ४७३ मतदाता रहेकामा ७३ हजार ४१४ जनाको मत खसेको छ । हिजो बाट सुरु मतगणनामा हालसम्म ४ वटा वडाकाे करिब ९ हजार मतगणना भएको छ ।