file photo

बैतडीमा टिप्पर दुर्घटना हुँदा ४ विद्यार्थी सहित ५ जनाको मृत्यु भएको छ । मृतकको परिचय खुल्न सकेको छैन । पाटन नगरपालिका वडा नम्बर ३ स्थित झालीमाली भिरबाट टिप्पर खस्दा टिप्परमा सवार विद्यार्थीहरूको मृत्यु भएको हो । टिप्परमा सिगास माविका २५ जना विद्यार्थीहरू रहेको बताइएको छ ।घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।