मकवानपुर – मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मतगणना जारी रहेको छ । मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर १ र ८ को मतगणना अनुसार गठबन्धन अगाडी देखिएको छ । गठबन्धनलाई एमालेले पछ्याई रहेको छ । हालसम्म ३०० मत गणना सम्पन्न भएको छ । जसमध्ये गाउँपालिका अध्यक्षमा गठबन्धनबाट (नेपाली काँग्रेस) का दोर्जे लामा स्याङतान १७४ र नेकपा एमालेका विदुर हुमागाईले ९० मत प्राप्त गर्नु भएको छ ।
त्यतै गाउँपालिका उपाध्यक्षमा गठबन्धनबाट (माओवादी) की मान कुमारी पाख्रीन (नेपाली) ले १५१ र नेकपा एमालेकी सन्तु थिङले ८९ मत प्राप्त गर्नुभएको छ । यस्तै १ नम्बर वडा अध्यक्षमा नेपाली काँग्रेसका आइत सिंह लो ५७, एमालेका गोपाल लुङवा, २२ र माओवादी केन्द्रका विजय थिङले १२ मत प्राप्त गर्नुभएको छ । यस्तै ८ नम्बर वडा अध्यक्षमा नेपाली काँग्रेसका कुमार सिं घिसिङ ८८, नेकपा एमालेका विनोद पुडासैनी ६५ र माओवादी केन्द्रका गुन्ज रत्न लुङवाले ३९ मत प्राप्त गर्नुभएको छ ।