मकवानपुर – स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । जारी मतगणना अन्तरगत वडा नम्बर एकको तीन सय मत गणना सकिएको छ । तीन सय मत गन्दा गठबन्धनका उमेदवार झिनो मतअन्तरले अगाडी भएका छन् ।
वडा नम्बर एकको तीन सय मत गन्दा गठबन्धनबाट (एकिकृत समाजवादी) की मेयरकी उमेदवार मिनाकुमारी लामाले १०९ मत प्राप्त प्राप्त गर्नुभएको छ । यस्तै नेकपा एमालेबाट मेयरमा अनन्त पौडेलले १०४ र राप्रपाका दिपक सिंहले ५४ मत प्राप्त गर्नु भएको छ ।
यस्तै गठबन्धनबाट उपमेयर पदमा राजेश बानियाले १३२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले १२५ मत प्राप्त गरेकि छन् । वडा अध्यक्षमा नेपाली गठबन्धनबाट सबिन न्यौपानेले १४१ मत पाउँदा नेकपा एमालेको उम्मेदवार उत्तम पौडेलले १३२ मत पाएका छन् । मतगणना हेटौँडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा जारी रहेको छ । हेटौँडामा कूल एक लाख चार हजार ४७३ मतदाता रहेकामा ७३ हजार ४१४ जनाको मत खसेको छ ।