हेटौंडा– नेकपा एमाले हेटौंडा–९ ले उम्मेदवार सहितको घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ । स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा एमालेले घरदैलो कार्यक्रमलाई तिब्रता दिएको हो ।

पहिलो चरणको कार्यक्रम सकेर दोस्रो चरणको घरदैलो कार्यक्रम समेत अन्तिम चरणमा पुगेको एमाले ९ नम्बर वडा कमिटीले जनाएको छ । वडाका २४ वटा टोल विकासका प्रत्येक घरघरमा पुगेर मतदाताको मन जित्दै माहोल आफ्नो पक्षमा पार्न सफल भएको वडा कमिटी अध्यक्ष यदुवंश खतिवडाले जानकारी दिनुभयो । वडाको अधिकाशं मतदाताको घरमा एमालेले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ र बाँकीमा घरदैलो जारी रहेको उहाँले बताउनुभयाे । घरदैलोमा मत माग्न पुगेका उम्मेदवारलाई स्थानीयवासिन्दाले अघिल्लो पटक वजियी हुँदा पुरा हुन नसकेकासहित यस पटक समानुपातिक विकास निर्माणसंगै दुःख सुखमा साथ दिन अनुरोध गरेका छन् ।





