बैसाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरु आफ्ना योजना सुनाउदै आफूनै योग्य भएको र आफुहरुले नै जनताको कामगर्ने दावी गरिरहेका छन् । नजकीदै आइरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनर गर्दै उम्मेदवारहरु घरदैलो अभियानमा उम्मेदवारहरु मतदाताको घरघरमा पुगिरहेका छन् ।
यसैक्रममा बिहिवार मकवानपुरको भिमफेदी गाँउपलिका वडा नम्बर २ भैंसे बजारमा एमालेका नेता तथा उम्मेदवारहरु बृहत र्याली सहित घरदैलो कार्यक्रममा व्यस्त रहेका थिए । स्थानीय तह निर्वाचनको भिमफेदी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार हिदम लामा , उपाध्यक्ष पदको उम्मेदवार पार्वती राना, वडा २ का अध्यक्ष पदका उम्मेदवार काशी राम बज्यु लगाएत वडा सदस्यहरु एकैसाथ घरघरमा पुगेका हुन् । विगतमा पनि गठबन्धनलाई हराएर चुनाव जितेको उल्लेख गर्दै आफ्नो पार्टी आफैमा सक्षम र ठूलो भएको दावी गर्दै ५ वर्षमा सधै जनताकै काम गर्ने बताए ।एमालेको तर्फबाट जनताले गरेको विश्वास र आशा अनुसार जनताकै सोच चाहाना अनुसारर नै काम गर्न सफल भएकै कारण समृद्ध गाउँपालिका सुखी गाउँपालिका बनाउँन सधै लागि पर्ने प्रतिवद्धता जनाएका थिए ।