यूईएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलको पहिलो लेगमा रियल मड्रिडले चेल्सीलाई हराएको छ । फरवार्ड करिम बेन्जिमाको ह्याट्रिकमा रियलले साविक विजेता चेल्सीलाई उसकै मैदानमा ३–१ गोलले हराएको हो । उनले खेलको २१, २४ र ४६ औँ मिनेटमा गोल गरेका हुन् । चेल्सीका काइ हाभर्टजले एक गोल फर्काए । जितसँगै रियलले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अर्को खेलमा भिल्लारियलले बार्यन म्युनिखलाई १–० गोलले हराएको छ ।