नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्जलाई रिंगरोड सहितको नमुना र विकसित सहरको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । नेकपा एमाले पर्साले मङ्गलवार वीरगञ्जमा आयोजना गरेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको अभियानमा सामेल हुन र कुनै पनि पार्टीहरूमा नअलमलिएर एमालेमा आउन आग्रह गर्नुभयो ।
नेकपा एमाले पर्साका अध्यक्ष जयप्रकाश थारुको सभापतित्वमा भएको कार्यक्रममा ओलीसँगै नेकपा एमालेका केन्द्रिय सदस्य रघुवीर महासेठ, पूर्व मन्त्री एवम् सांसद प्रभु साह, नेकपा एमाले पर्साका इन्चार्ज प्रभु हजरा लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा हजारौँको सङ्ख्यामा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।