मकवानपुर – नेकपा एमाले निकट भातृसंगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल मकवानपुरको अध्यक्षमा भोला चौलागाई निर्वाचित हुनु भएको छ । शनिबार हेटौंडामा सम्पन्न तेस्रो अधिवेशनबाट चौलागाईको अध्यक्षतामा १९ सदस्य नयाँ कार्य समिति चयन गरेको हो ।

अधिवेशनले समितिको उपाध्यक्षमा निर्मला ब्लोन र लक्ष्मी पौडेल, सचीवमा उत्सव चौलागाईं, सहसचिवमा सानुकान्छी मोक्तान, कोषाध्यक्षमा हिरा लामालाई सर्वसम्मत चयन गरेको छ । एमाले केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेस्वर रानाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठलगायतको सहभागिता थियो ।