हेटौंडा – प्रगतिशील लेखक संघ (प्रलेस) मकवानपुरको अध्यक्षमा श्रीराम अधिकारी चयन हुनुभएको छ । शनिबार हेटौंडामा भएको संघको आठौं जिल्ला सम्मेलनले अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा विशाल अधिकारी र सरस्वती तिमल्सिना, सचिवमा चिरञ्जीवी लामिछाने, सहसचिवमा लीला उर्वशी र कोषाध्यक्षमा विधान आचार्य चयन हुनुभएको छ । यस्तै सदस्यमा मीना श्रेष्ठ, कैलाश धिताल, सूर्यबहादुर गोले, अरुण थिङ र बिक्रम घलान चयन हुनुभएको छ । संघका केन्द्रीय महासचिव समीर सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा युद्धप्रसाद मिश्र स्मृति साहित्य पुरस्कार प्राध्यापक डाक्टर पशुपति तिमिल्सनालाई प्रदान गरिएको थियो ।