मकवानपुर – हेटौंडामा कांग्रेस निकट नेपाल महिला संघ र भूपू सैनिक संघकी पूर्व केन्द्रिय सदस्य, पूर्व जिल्ला सभापति, पूर्व क्षेत्रीय सभापति शान्ता लामा एमालेमा प्रवेश गर्नु भएको छ । शनिबार एमाले हेटौंडा–८ नम्बर वडा कमिटीद्धारा आयोजित बृहत बनभोज तथा पार्टी प्रवेश कार्यक्रममा लामालाई बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले पार्टीमा स्वागत गर्नु भएको हो ।
लामो समय नेपाली कांग्रेसमा कृयाशिल रहनु भएकी लामाले पछिल्लो समय पार्टीको गतिविधि देश र जनताको विरुद्ध भएको भन्दै पार्टी परित्याग गरेको बताउनुभयो । उहाँले अब देश र जनताको विकास एमालेले मात्र गर्न सक्ने लागेकाले एमाले रोजेको प्रतिकृया दिनुभयो । उहाँसंगै नेपाल महिला संघकी पूर्व क्षेत्रीय सचिव मिना लामा, माओवादी केन्द्र वडा सदस्य एवम् ओम टोल ईन्चार्ज उमा कोईराला, जनता समाजवादीकी नेतृ पावर्ती नेपाली, राप्रपा ६ नम्बर उपाध्यक्ष पदम दुलाललगायत ९५ जनाभन्दा बढि विभिन्न पार्टीका सदस्यहरू तथा स्वतन्त्र व्यक्तिहरू एमालेमा पार्टी प्रवेश गरेको एमाले हेटौंडा उपमहानगरपालिका कमिटीका सचिव बोलबहादुर कार्कीले जानकारी दिनुभयो ।
एमाले ८ नम्बर अध्यक्ष कृष्णबहादुर श्रेष्ठको सभाध्यक्षतामा भएको वृहत् पिकनिक तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सांसद कृष्णप्रसाद दाहाल, केन्द्रीय सदस्य एवं बागमती प्रदेश सभाका सदस्य जुनेलीमाया श्रेष्ठ, एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रदेश सभा सदस्यहरु गोपाल श्रेष्ठ, बलराम बल, नवराज तिमल्सिना, श्याम ढकाल, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका कमिटी प्रमुख हरिबहादुर महत, जिल्ला कमिटी सचिवालय सदस्यहरू गणेश कुमारी श्रेष्ठ, सुमित्रा काफ्ले, दिपक खड्का, जिल्ला सदस्यहरू यशोदा उप्रेती, कुमार केसी, प्रतिमा श्रेष्ठ, धर्मराज पुडासैनी, हेटौंडा उपमहानगरपालिका कमिटी अध्यक्ष शालिकराम पुडासैनीलगायतको उपस्थिती थियो । कार्यक्रम कार्यक्रममा ३ हजार ५ सयभन्दा बढीको पिकनिकमा सहभागी रहेको एमाले नगर कमिटी सचिव कार्कीले बताउनुभयो ।