हेटौंडाः नेपाल मानव अधिकार संगठन मकवानपुरको सभापतिमा शर्मिला श्रेष्ठ चयन हुनुभएको छ । शनिबार हेटौंडामा आयोजित संगठनको छैठौँ वार्षिक साधरणसभा तथा तेस्रो जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा उपसभापतिमा राजबाबु पहाडी, सचिवमा सुवास चन्द्र अधिकारी, सहसचिवमा मञ्जु खराल, कोषाध्यक्षमा सुमित्रा थिङ सर्वसम्मत चयन हुनुभएको छ ।
सदस्यमा अपेक्षा बस्नेत, श्रद्धा ढुङ्गाना, राजेश गरिब, बिमला नेपाली, इन्दिरा लुइटेल र तेजकुमारी थापा चयन हुनुभएको छ । निर्वाचित कार्यसमितिले कृष्णप्रसाद दाहाल, बासुदेव श्रेष्ठ, विजय वैद्य र बिजेन्द्र अग्रवाललाई सल्लाहकार चयन गरेको छ । संगठनको नेतृत्वमा रहेर काम गरिरहँदा सधैं मानव अधिकारका निम्ति काम गरिरहेको स्मरण गर्नुहुँदै अबको कार्यकालमा मानवकै हकहितमा विधानअनुसार काम गर्नुपर्ने निवर्तमान सभापति अप्सरा बस्नेतले जानकारी दिनुभयो ।