हेटौंडा । भरतपुर भ्रमण बर्ष २०८० स्काउट क्याम्पमा हेटौंडा–९, स्थित कृष्ण आदर्श स्काउट ट्रुप ले नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ । चितवन स्मार्ट स्काउट क्रु द्धारा भरतपुर भ्रमण बर्ष २०८० का अवसरमा आयोजित क्याम्पमा कृष्ण आदर्श स्काउट ट्रुप ले नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेको हो ।
विभिन्न ५ जिल्लाका ३० वटा विधालयको सहभागी रहेको क्याम्पको नृत्य प्रतियोगितामा कृष्ण आदर्श ईङ्लिस बोर्डिङ स्कुलको टोलीले प्रथम स्थान हासिल गरी ट्रफि प्राप्त गर्न सफल भएको स्काउट शिक्षक अशोक सारु मगरले जानकारी दिनुभयो ।
स्काउट क्याम्पकाे नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेकोमा विद्यालयले स्काउट टोलीका प्रत्येक सदस्यलाई बधाई ज्ञापन गरेको छ । स्काउट टोलीको समर्पण, टीमवर्कका कारण उपलब्धी हासिल गर्न सकिएको विद्यालयका संचालक नविन केसीले बताउनुभयो ।