शेयर बजार परिसूचक नेप्से आज बुधवार पनि घटेको छ । नेप्से आज १९ दशमलव ६५ अङ्कले घटेर दुई हजार ६ सय ३१ दशमलव ३२ विन्दुमा पुगेको छ ।
आज होटल, निर्जीवन बीमा र म्युचुल फन्ड बाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । विकास बैंक, अन्य, उत्पादन र जीवन बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ ।
आज दुई सय ३१ कम्पनीका ४९ लाख ६७ हजार कित्ता शेयर दुई अर्ब ५७ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १५ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर झन्डै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशत र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।