मकवानपुर – बागमती प्रदेशमा सन २०२१ मा मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा १ हजार १ सय ७३ जना पीडित भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शनिवार हेटौंडामा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ सार्वजनिकीकरण तथा २०२१ को मानव अधिकार अवस्था विषयक अन्तरकृया कार्यक्रममा अघिल्लो वर्षको भन्दा ८१ वटा घटना बढी अभिलेख भएको जनाएको हो ।
इन्सेकले सार्वजनीक गरेको अभिलेखअनुसार सन २०२१ मा मानव अधिकार उल्लंघनका घटनामा ३४ जना महिला र २ सय ४९ पुरुष गरी जम्मा २ सय ८३ जना तथा ज्यादतीका घटनामा ४२ जना महिला, ४८ जना पुरुपसहित जम्मा ८ सय ९० जना पीडित भएकका छन् । यस्तै यो वर्ष राज्यपक्षबाट हिरासतमा रहेका एक जना पुरुषको र कारागारमा ५७ जनाको मृन्य भएको छ । जसमध्ये पाँच जना बन्दीको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको जनाएको छ । यस्तै राज्य पक्षबाटै गिरफतारीका घटनामा १० जना, अभिव्यक्ति, भेला तथा सङ्गठित हुने अधिकारमा ३४ जना महिला र १८१ जना पुरुष गरी २१५ जना पीडित भएको जनाईएको छ ।
त्यस्तै इन्सेकको अभिलेखअनुसार महिलाविरुद्ध हुने सबै प्रकारका दुव्यवहार घटनामा सन् २०२१ मा बागमती प्रदेशमा ३८९ जना, बेचविखनका प्रयासका घटनामा ७ जना, घरेलु हिंसाका घटनामा ७० जना, कथित बोक्सीको आरोपमा ५ जना, बलात्कारका घटनामा १८७ जना, बलात्कार प्रयासका घटनामा ३३२ जना, यौन दुव्यवहारको घटनामा २६ जना र बेचबिखनका घटनामा ५ जना महिला पीडित भएका छन् । यस्तै यस वर्ष बाल अधिकार उल्लङ्घनका घटनामा ४ सय २४ जना पीडित भएका छन् । जसमध्ये बलात्कारका घटनामा ३०३ जना, यौन दुव्यवहारको घटनामा ३ जना बालक सहित १०७ जना, बालवालिका बेचबिखनमा दुई जना चालक र चार जना बालकसहित ६ जना, बालविवाहका पाँच र विद्यालयमा शारीरिक सजाय दिइएको एउटा घटनामा १५० जना बालक पीडित भएको अभिलेख तथ्याङ्क रहेको छ । इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमको सभाध्यक्षता एवम् उच्च अदालत पाटन हेटौँडा इजलासका न्यायाधीश मेरिना श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
मकवानपुरमा ७८ वटा घटना अभिलेख
यसैबीच मकवानपुरमा सन २०२१ मा ७८ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरु अभिलेख भएका छन् । सन २०२० भन्दा १६ वटा बढी अर्थात ७८ वटा मानवधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरु भएको ईन्सेकको तथ्याङकमा छ ।
इन्सेकको अभिलेखअनुसार सन २०१९मा मकवानपुरमा ५० वटा घटना रहेकोमा त्योसंख्या बढेर २०२० मा ६२ ओटा र २०२१ मा ७८ वटा पुगेको छ । जसमध्ये ७३ जना महिला र ५ जना पुरुष पीडित भएका छन् । जसमा ३४ जना बालिकाहरु छन् । यस वर्ष जिल्लामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका ७८ ओटा घटनामा अन्य पक्षबाट ८ जना मानिस पंडित भएको ईन्सेकको तथ्याङकमा अभिलेखिकरण भएको छ । जसमध्ये ३ जना महिला २५ जना पुरुष पीडित भका छन् ।
यस्तै बाल अधिकारका घटनामा ३४ जना बालिका पीडित भएकोमा २८ जना बलात्कार, ५ जना यौन दुरव्यवहार र १ जना बेचविखनको प्रयासबाट पीडित भएका छन् । भने, महिला अधिकारका घटनामा ३३ जना पीडित भएकोमा २१ जना बलात्कार, ५ जना बलात्कार प्रयास १ जना यौन व्यवहार र ६ जना वहूविवाहको घटनामा पीडित भएको इन्सेकमा अभिलेख भएको छ । यस अवधिमा १० ओटा हत्याका घटना भएका छन् । जसमा ५ जना महिला र ४ पुरुष छन् भने एक कुटपिटको घटना भएको छ । यस वर्ष परिवारजनबाट ७ जना बालिका सहित १३ ओटा बलात्कारको घटना र पाँच जना हत्याको घटना इन्सेकमा अभिलेख भएको जनाईएको छ ।