काठमाडौँ – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू सहभागी बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा संसद्मा शुक्रवार टेबल गर्ने भनिएको अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा छलफल केन्द्रित रहेको बताईउको छ । बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका केन्द्रिय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराई लगायतका नेताहरू सहभागी हुनुहुन्छ ।











