मकवानपुर – मकवानपुरको मनहरी गाउँपालिकामा आजबाट नियमित आखा परिक्षण सेवा सञ्चालनमा आएको छ । यसअघि हप्ताको एक दिनमात्र सेवा प्रदान गरिएकोमा आजबाट नियमित सेवा प्राप्त हुने गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।

यसअघि हेटौंडा सामुदायिक आँखा अस्पतालले नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखाको समन्वयमा साप्ताहिक रुपमा सामुदायिक आँखा केन्द्र सञ्चालन गर्दै आएको थियो । उक्त केन्द्रमा गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता भई गाउँपालिकाले २ जना कर्मचारी र भवनको भौतिक सुधार गरेसंगै आजबाट नियमित सञ्चालनमा आउने भएको हो । स्तरोन्ती गरिएको केन्द्रको मंगलबार गाउँपालिका अध्यक्ष उप्रेती र हेटौंडा आँखा अस्पतालका केन्द्रीय सदस्य सिद्धिलाल श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । केन्द्र सञ्चालनमा लागि होण्डाई मोटर फाउन्डेसन र योङसाई विश्वविद्यालय दक्षिण कोरियाले २० लाख रुपैयाँ बराबरको उपकरण समेत उपलब्ध भएको उहाँले जानकारी दिनुभयो ।