हेटौंडा – मकवानपुरमा बुधबार (आज) थप ५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालले जनाएको छ । पछिल्लो २४ घण्टामा २३ जनामा पिसिआर र २४ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः २ जना र ३ जना गरेर थप ५ जनामा कोरोना देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ६ जना संक्रमणमुक्त भएका छन् । जिल्लामा हाल ६९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।