काठमाडौं – प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते पोखरामा हुने भएको छ । आज काठमाडौंमा बसेको सचिवालय बैठकले नवौँ राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते पोखरामा गर्ने निर्णय गरेको हो । यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन कोरोना महामारीको कारण रोकिएको थियो । चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आज बसेको उक्त बैठकले प्रदेश अधिवेशन यही फागुन २१ गते गर्ने तय गरेको छ ।