काठमाडौं – काठमाडौंमा पनि बर्डफ्लूको संक्रमण देखा परेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ बालुवा भन्ने स्थानमा स्थानीयले पालेको कुखुरामा बर्डफ्लूको संक्रमण पुष्टी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार संक्रमण देखिएको क्षेत्रको पन्छी नष्ट गरिनुका साथै निसंक्रमण समेत सकिएको छ । थप संक्रमण फैलिन नदिन पशु सेवा विभाग र मन्त्रालयको टोलीले काठमाडौंमा २० वटा कुखुरा, ५ वटा परेवा र ३ वटा लौकाट नष्ट गरिएको प्रवक्ता सञ्जेलले बताउनुभयो । चितवनको राप्ती नगरपालिका–६ मा पालिएको कुखुरामा पनि बिहीबार बर्डफ्लूको संक्रमण पुष्टि भएको थियो । कृषकले पालेको कुखुरामा संकास्पद लक्षण पछि केन्द्रीय पशुपन्छी रोगअन्वेषण प्रयोगशालामा गरिएको रियालटाइम पीसीआर परीक्षणमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।