मकवानपुर – मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिकामा लगाईएको ५० विगाहाभन्दा बढी लागुऔषध गाँजा र अफिम खेती फडाँनी गरेको छ । अवैध लागूऔषध गाँजा र अफिम उत्पादन तथा खेती नियन्त्रण कार्यक्रम अन्र्तगत प्रहरीले जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिकामा लगाईको करिब ५० बिगाहा १० कठ्ठा गाँजा र अफिम खेती फडाँनी गरि नष्ट गरेको हो ।
प्रहरीले माघ २१ गते देखि २३ गतेसम्म जिल्लाका विभिन्न पालिकामा लगाईको गाँजा २९ बिगाह १० कठ्ठा र अफिम २१ बिगाह नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । साथै सोही समयमा २ सय किलो सुकाई राखेको गाँजा पनि नष्ट गरिएको जनाएको छ । प्रहरीले उक्त लागूऔषधको खेती राक्सिराङ, कैलाश गाउँपालिकाको विभिन्न वडामा फडानी गरेको जनाएको छ । जसका लागि जनपद प्रहरीका एक सय र शसस्त्रका ३० जनाको टोली परिचालित भएका थिए । लागूऔषध नष्ट गर्न प्रहरी निरीक्षक सुमन बाँनिया र प्रहरी निरीक्षक कविर प्रधानको कमाण्डमा लागूऔषध ब्यूरो कोटेश्वर, बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौडा, र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोली खटिएको प्रहरीले जनाएको छ ।