काठमाण्डाै – वेस्ट इन्डिजसँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट भारतले ६ विकेटले जितेको छ । अहमदाबादमा एक सय ७७ रनको लक्ष्य भारतले २८ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍याे । भारतका लागि कप्तान रोहित शर्माले ६० रन बनाए । विराट कोहली आठ रनमै आउट भए । यस्तै इशान किशन २८ र रिषभ पन्त ११ रनमा आउट भए । सूर्यकुमार यादव ३४ र दीपक हुडा २६ रनमा नटआउट रहे । वेस्ट इन्डिजका अल्जारी जोसेफले दुई र अकिल होसिनले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४३ ओभर पाँच बलमा अलआउट हुँदै एक सय ७६ रन मात्रै बनायो । उसका लागि ज्यासन होल्डरले सर्वाधिक ५७ रन बनाए । भारतका यजुवेन्द्र चहालले चार, वाशिङ्टन सुन्दरले तीन, प्रसिद्ध कृष्णले दुई र मोहम्मद सिराजले एक विकेट लिए । भारतले आज आफ्नाे एक हजाराैँ एकदिवसीय क्रिकेट खेलेकाे हाे । भारत एक हजाराैँ एकदिवसीय क्रिकेट खेल्ने पहिलाे टाेली हाे । याे जितसँगे भारत ती खेलकाे शृङ्खलामा एक–शून्यले अघि भएकाे छ। तीन एकदिवसीय र तीन वटा टी–२० खेलको शृङ्खला खेल्न वेस्ट इन्डिज भारत भ्रमणमा रहेको छ । भारत भ्रमणअघि इङ्ग्ल्यान्डसँग भएको पाँच खेलको टी–२० शृङ्खला वेस्ट इन्डिजले जितेको थियो ।