मकवानपुर – शैक्षिक सहयोग अक्षयकोष नेपाल, मकवानपुरले जिल्लाका ११ जना छात्रछात्रालाई छात्रबृति प्रदान गर्ने भएको छ । कोषको शुक्रबार बसेको बैठकले कक्षा ९ देखि १२ सम्मका ११ जनालाई ६४ हजार बराबरको छात्रबृति प्रदान गर्ने निर्णय गरेको हो ।
अक्षयकोषका अध्यक्ष समेत रहनुभएका जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले कोषको छात्रबृत्ति कार्यविधि २०७६ बमोजिम जिल्लाका विभिन्न विद्यालयबाट सिफारिस भई आएका मध्ये ११ जनालाई छात्रबृत्ति प्रदान गर्ने निर्णय गरेको हो । कार्यविधिको क्षेत्राधिकारभित्र पर्न सफल कक्षा ९ मा अध्ययनरत ६ जनालाई ५ हजारका दरले, कक्षा १० मा अध्ययनरत ४ जनालाई ६ हजारका दरले र दश जोड दुईमा अध्ययनरत एक जनालाई १० हजार रुपैयाँ छात्रबृति उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष खुलालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यविधि अनुसार अभिभावक विहीन, असहाय, द्धन्दपिडीत, जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्न लागिएको हो । छाज्ञबृति आगामी दिनमा निरन्तर वितरण गरिने समेत उहाँले जानकारी दिनुभयो ।
मकवानपुर जिल्लामा शैक्षिक क्षेत्रमा योगदान पु¥याउने उदेश्यका साथ २०७४ सालमा स्थापीत शैक्षिक सहयोग अक्षयकोषले कोषमा जममा भएको रकमको ब्याजको रकमबाट छात्रबृत्ति उपलब्ध गराउन लागेको हो । संस्थामा हालसम्म करीब १२ लाख रुपैया जम्मा भएको छ । यस्तै बैठकले कोषको वार्षिक साधारणसभा आगामी फागुन १३ गते गर्ने निर्णय समेत गरेको अध्यक्ष खुलालले बताउनुभयो । बैठकमा कोषका उपाध्यक्ष ईन्दिरा न्योपाने, सचिव बद्री पाठक, कोषध्यक्ष रामकृष्ण थापा, सदस्यहरु नवराज अर्याल, मुकुन्द अधिकारी, रामशागर गुरागाई, लक्ष्मी माझि, आशाकाजी श्रेष्ठलगायतको उपस्थित् िथियो ।