मकवानपुर – आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समितिको अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको छ । बिहीबार हेटौंडामा भएको अधिवेशनबाट रामेछापका श्रेष्ठकाे अध्यक्षमा २१ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको हो ।

समितिको उपाध्यक्षमा राजेश रुम्बा (चितवन), डोल्मा शेर्पा (काठमाडौं) (महिलातर्फ), महासचिवमा श्याम राना (काठमाडौं), संगठन सचिवमा शिशिर दोङ (काभ्रे), संस्थागत सचिवमा राजु नापित (काठमाडौं), कोषाध्यक्षमा शंकर श्रेष्ठ (धादिङ) चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा मिना श्रेष्ठ (मकवानपुर), कमला तामाङ (अस्मि) (सिन्धुली), पासाङ शेर्पा (सिन्धुपाल्चोक), पूर्णबहादुर मगर (विशाल), उद्धवकुमार श्रेष्ठ (सिन्धुली), अर्विन्द्रमान सिंह (चितवन), सरोज लामा , पासाङ घिसिङ (ललितपुर), रविन्दू सिंजाली मगर, दिक्की डोल्मा शेर्पा (सिन्धुपाल्चोक), पूर्वा तामाङ रसुवा), सञ्जय चौधरी (चितवन), हिरालाल गुरुङ (चितवन) सर्वसम्मत चयन हुनु भएको छ ।
२१ सदस्यीय कार्य समितिले संस्थागत सदस्यमा पदाधिकारीको बैठकपछि एकजना मनोनयन गरिने जनाएको छ । यस्तै दोस्रो प्रादेशिक अधिवेशनबाट संघीय प्रतिनीधिमा सम्झना श्रेष्ठ, पूर्णभक्त दुवाल, पेमा लामालाई सर्वसम्मत चयन हुनु भएको छ । प्रदेश समितिको अनुशासन समिति संयोजकमा बाबुकाजी श्रेष्ठ, सदस्यहरुमा रिदेन महर्जन, रसिया श्रेष्ठ चयन हुनु भएको छ । भने राजेन्द्र मानन्धरको संयोजकत्वमा दोलख गुरुङ, राकेश चौधरी सदस्य रहने गरी लेखा समिति सर्वसम्मत चयन गरिएको छ ।