file photo

काठमाण्डाै – ब्रिगेड ब्वाइज क्लब ‘ए’ डिभिजन लिगबाट रेलिगेशनमा परेको छ । आज साेमवार भएको खेलमा सातदोबाटो युथ क्लबसँग तीन–दुई गोलले पराजित भएसँगै ब्रिगेड ब्वाइज क्लब ‘बी’ डिभिजनमा घटुवा भएको हो ।
यसअघि च्यासल युथ क्लब रेलिगेशनमा परिसकेको छ । आजको जितसँगै सातदोबाटो १८ अङ्कसहित चौथो स्थानमा पुगेको छ । सातदोबाटोका लागि सुशील राई, निरज चाैधरी र दीपकराज सिंह ठकुरीले गोल गरे । ब्रिगेड ब्वाइजका लागि राेशन राना मगर र विदेशी खेलाडी ओट्टोउले गोल फर्काए । ब्रिगेड ब्वाइज रेलिगेशनमा परेसँगै फ्रेन्ड्स र जावलाखेल रेलिगेशनबाट बचेका छन् । ‘ए’ डिभिजन लिग फुटबलको उपाधि मच्छिन्द्र क्लबले जितिसकेको छ ।