काठमाडौँ – देशभर आज थप ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । १२ हजार ४ सय ९८ नमुनाको परीक्षण गर्दा ३ सय २६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज संक्रमित २ सय ५५ जना निको भएका छन् । तथ्याङ्क अनुसार हालसम्म ९८ प्रतिशत संक्रमित निको भइसकेका छन् । सङ्क्रमणका कारण आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै हालसम्म ११ हजार ५ सय ९८ जनाको मृत्यु भइसकेको छ । आज देशभर ३ लाख ४४ हजार ४४ जनाले खोप लगाएका छन् ।