बागमतीमा गोपाल शाक्य र निरकुमारी कुँवर

मकवानपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरुको टुंङ्गो लगाएको छ । सोमबार बसेको सचिवालय बैठकले सातै प्रदेशमा हुने राष्ट्रियसभा सदस्यको रिक्त १९ सिटका लागि उमेदवार टुंङ्गो लगाएको हो ।
बैठकले प्रदेश–१ मा खुलातर्फ देवराज घिमिरे (झापा), महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा (सोलुखम्बु) लाई उम्मेद्वार बनाउने भएको छ । यस्तै प्रदेश–२ मा खुलातर्फ असर्फी भिनवार यादव (धनुषा) र महिलातर्फ बिना साह (रौतहट) लाई उम्मेद्वार बनाउने निर्णय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
यस्तै बैठकले बागमतीमा खुलातर्फ गोपाल शाक्य (ललितपुर) र महिलातर्फ निरकुमारी कुँवर (निरु) दर्लामी (सिन्धुली), गण्डकीमा खुलातर्फ पुण्यप्रसाद पौडेल (कास्की), महिलातर्फ लीला पोखरेल थनेट (नवलपुर) र दलिततर्फ गोविन्दबहादुर नेपाली (बाग्लुङ), लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता (दाङ), महिलातर्फ भारती खनाल (बाँके) र दलिततर्फ कृष्णबहादुर सुनार (गुल्मी) लाई उमेदवार बनाउने भएको उहाँले बताउनुभयो ।
त्यस्तै कर्णालीमा खुलातर्फ चूडामणि शर्मा (सुर्खेत), महिलातर्फ गंगा थापा महत (जुम्ला) र अल्पसंख्यकतर्फ पदमबहादुर माझी (दैलेख) र सुदूरपश्चिमबाट खुलातर्फ डिल्लीराज भट्ट (डोटी), महिलातर्फ सन्तोषकुमारी शर्मा (कैलाली) र दलिततर्फ नरेश बिक (बैतडी) लाई उम्मेद्वार बनाउने निर्णय गरेको रिजालले जानकारी दिनुभयो । निर्वाचन आयोगले १२ माघमा हुने उक्त निर्वाचनका लागि पुस २० गते (भोली) उम्मेदवारको मनोनयन पत्र दर्ताको समय निर्धारण गरेको छ ।