लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्रीमा नियुक्त भएको छ दिनमा चौधरीले विश्वासको मत लिन लाग्नु भएको हो ।
आज दिउँसो ११ बजे प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेश सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । प्रदेश सरकारले सोमवार विश्वासको मत लिने निर्णय गरेपनि मजदुर दिवस परेपछि एक दिनपछि विश्वासतको मत लिने कार्यक्रम सारिएको थियो ।
मुख्यमन्त्रीले विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता दिने योजना बनाउनु भएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरी नियुक्त हुनु भएको थियो ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्नुपर्ने संविधानमा उल्लेख छ । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेपछी बल्ल सरकारले पूर्णता पाउने छ ।
प्रदेश सरकारप्रति नागरिकहरुको विश्वास रहेको भन्दै नागरिकहरुलाई उत्साह जगाउने गरी काम गर्ने मुख्यमन्त्रीको भनाई छ । अहिलेको मन्त्रीपरिषद्मा सहभागी मन्त्रीले जिम्मेवारी पाएका छैनन् ।
विश्वासको मत पाएलगत्तै मन्त्रीहरुको जिम्मेवारी समेत तोकिने छ । नेकपा माओवादीबाट धनबहादुर मास्की, लोकतान्त्रीक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे, नागरिक उन्मुक्ती पार्टीका धर्मबहादुर चौधरी मन्त्री हुनुहुन्छ ।