मकवानपुर – गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने तमु ल्होसार पर्व हेटौंडामा पनि मनाईएको छ । तमु ह्युल छोँज धीँ (गुरुङ् राष्ट्रिय परिषद्) मकवापुरको आयोजनामा हेटौंडा–११, स्थित शहिद स्मारकमा बिहिवार विशेष कार्यक्रमको आयोजना गरेर वर्ष मनाइएको हो ।

गुरुङ राष्ट्रिय परिषद् मकवानपुरका अध्यक्ष अमिर तमुको अध्यक्षता एवम् गुरुङ् राष्ट्रिय परिषद्का केन्द्रिय सदस्य जंगबहादुर तमुको प्रमुख आतिथ्यता कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथि तमुले साँस्कृतिक विविधताले भरिएको मुलुक भएकोले सबैको सस्कृतलाई जर्गेना गर्नुपर्ने बताउनुभयो । उहाँले तमुको संस्कार सबैले भुल्दै गएको हुँदा त्यसको अध्यन गरेर आफनो पर्व मनाउदै अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।

सो अवसरमा ल्वों वर्षलाई बिदाई गर्दै तो बर्षलाई स्वागत गर्दै अग्रजबाट टीका लगाएर शुभकामना आदानप्रदान सहति पर्व मनाईएको थियो । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते मनाउने ‘तमु ल्होसार’ पर्व हेटौंडामा पनि मनाईएको हो । गुरुङ भाषमा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । कार्यक्रममा गुरुङ समुदायका करिब २ सयजनाको उपस्थित रहेको थियो ।