मकवानपुर – बुधबार बिहानबाट परेको हिमपातका कारण अवरुद्ध बनेको हेटौंडा–काठमान्डौं जोड्ने त्रिभुवन राजपथ एकतर्फी सुचारु भएको छ । त्रिभुवन राजपथ अन्तरगत थाहानगरपालिका स्थित सिमभञ्याङ र दामन क्षेत्रमा अहिले हलुवा तथा चारचक्के साना सवारी एकतर्फी सुचारु गरिएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाका अनुसार हिउँ पग्लि नसेकोले सम्भव भएका स्थानमा हिउँ पन्छाएर हेटौंडाबाट पालुङ तर्फ एकतर्फी चार चक्के र दुईपाङ्गे कार र मोटरसाइकल सहित अन्य हलुका सवारीसाधन संचालनमा ल्याइएको छ । काठमाडौं तर्फबाट आएका सवारीलाई भने बीचमै रोकिएको उहाँले बताउनुभयो । प्रहरी निरीक्षक तिमल्सिनाले बाक्लो हिउँका कारण एउटा कार चिप्लिएर सामान्य दुर्घटना भएको छ । मंगलबार राती मकवानपुरको सिमभञ्याङ, दामन, अघोर आसपासको क्षेत्रमा वर्षासंगै २ फिटसम्म बाक्लो हिउँ परेको थियो ।