मकवानपुर– बागमती प्रदेश सरकारद्धारा मकवानपुर जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालन हुने खाद्यान्न तथा तरकारीबालीको ब्लक क्षेत्र निर्धारण गरिएको छ । मंगलबार बसेको जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिले जिल्लामा चालु आर्थिक वर्षमा सञ्चालन हुने खाद्यान तथा तरकारीबाली ब्लक क्षेत्र निर्धारण गरि सिफारीस हो ।

जिल्ला समन्वय समिति मकववानपुरका प्रमुख एवम् जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले जिल्लाका विभिन्न पालिकाबाट परेका ब्लक साझेदार कृषि सहकारी÷कृषक समुह र फर्महरुलाई बागमती प्रदेश भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा छनोटका लागि सिफारीस गरिएको हो । बैठकले जिल्लाका ७ पालिकामा कार्यक्रम कार्यान्वयनका लागि सिफारीस गर्नुका साथै एउटा पालिकामा ब्लक क्षेत्र परिमार्जनकालागि सिफारीस गरिएको जिसस प्रमुख खुलालले जानकारी दिनुभयो । बैठकले मकै आलु ,तरकारी तथा अदुवा खेतिको लागी ब्लक क्षेत्र निर्धारण गरेर सिफारीस गरेको हो ।
बैठकले जिल्लाको हेटौडा उपमहानगरपालीका १२ नम्बर वडा स्थित गुप्तेश्वर सहकारी संस्थालाई मकै खेतीको लागी छनौट गरेको छ । यस्तै थाहा नगरपालीका ३ नम्बर वडा स्थित शुभारम्भ कृषक सहकारी संस्थालाई आलु खेती, मनहरी गाउँपालिका–६ स्थित दिप ज्योति सामाजिक आर्थिक विकास कृषक महिला समुहलाई तरकारी, राक्सिराङ गाँउपालीका–४ स्थित राक्सिराङ कृषि एण्ड पशु फर्म प्रालिलाई अदुवा खेतिको लागी ब्लक क्षेत्र निर्धारण गरेको उहाँले जानकारी दिनुभयो । यस्तै जिल्लाको कैलास गाँउपालीका–महिला कृषक समुहलाई अदुवा ,बागमती गाउँपालिका–८ स्थित नब ज्योति कृषि सहकारी संस्थालाई मकै र बकैया गाँउपालीका–४ स्थित छतिवन कृषि सहकारी संस्थालाई तरकारी खेतीको लागी छनौट गरिएको हो । भने ईन्द्रसरोवर गाउँपालिकामा तरकारी खेती ब्लक क्षेत्र कार्यक्रम परिमार्जन गरेर सिफारीस गरिएको उहाँले बताउनुभयो । प्राबिधिक टोलीहरुबाट स्थलगत अनुगमन पछि ठाँउ निर्धारण गरिएको जिसस प्रमुख खुलालले बताउनु भयो । बैठकमा समितिका सम्पूर्ण सदस्यहरूकाे सहभागिता थियाे ।