मकवानपुर– नेकपा बागमती प्रदेश संसदीय दलका नेता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज संसदीय दलका उपनेता र सचेतकलाई कारबाही गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई पार्टी हित विपरित काम गर्दै हिडेको भन्दै कारबाही गर्नु भएको हो ।
मुख्यमन्त्री पौडेलका विरुद्धमा दुबै जनाले अविस्वासको प्रस्ताब संसद सचिवालयमा दर्ता गराउनुका साथै पाट्री हित विपरित काम गर्दै हिड्नुभएका कारण कारबाही गरिएको छ । यसका साथै संसदिय दलका नेता एवम् मुख्यमन्त्री पौडेलले दलका उपनेता, सचेतक र बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने नेकपाका ३० जना सांसदहरुसंग स्पष्टिकरण माग गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । एउटै पार्टी र संसदीय दलमा रहेर मुख्यमन्त्रीका विरुद्धमा अविस्वासको प्रस्ताव दर्ता गरिएपछी स्पष्टिकरण सोधिएको हो ।