मकवानपुर– नेपाल कम्युनिष्ट पाट्री (नेकपा) संस्थापन पक्षका केन्द्रिय सदस्य रघुनाथ खुलालले प्रधानमन्त्रीले संसद विघटन गरेर जनतामा जन्छु भन्नु क्रान्तिकारी कदम भएको बताउनुभएको छ । मंगलबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा नेकपाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले आफ्नै पाट्री भित्रैबाट अवरोधहरु सृजना गर्ने काम भएपछि बाध्य भएर जनताको अभिमत लिन्छु भन्नु क्रान्तिकारी कदम भएको बताउनुभएको छ । उहाँले प्रचण्ड–नेपाल समुहले सरकारलाई घेराबन्दी गरी अनिर्णयको बन्दी बनाएको अवस्थामा बाध्यतावश ताजा जनादेश लिन प्रधानमन्त्रीले संसद विघटन गर्नुपरेको स्पष्ट पार्नुभयो ।
खुलालले केपि ओलिले गरेका काममा कहीँ कतै कसैले सिर निहुराउनु पर्ने अबस्था नरहेको भन्दै सत्य र निस्ठाको पक्षमा दृढता पुर्वक लाग्न आग्रह गर्नुभयो । देशलाई अस्थिरतामा धकेल्ने र जनतालाइ निरास बनाउने काम क. प्रचण्ड र माधव नेपालले ल्याउनुभएको उहाँको भनाई थियो । उहाँले पाट्रीमा आजको परिस्थिती किन आयो भन्ने विषयमा समिक्षा गर्न समेत कार्यकर्तालाई आग्रह गर्नुभयो । पाट्री विधि, पद्धति र मर्यादामा चल्नु पर्ने भन्दै उहाँले क. प्रचण्ड र माधव नेपालले सधैं व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्रीलाई अफ्ट्यारोमा पार्ने र काम गर्न नदिने परिस्थिती सृजना गर्नुभएको बताउनुभयो । कम्युनिस्ट एकता देश र जनताको हितका लागि लागि गरिएको तर, एकता भएकै दिन देखि अबरोध सृजना गर्ने काम भएको उहाँको भनाई थियो । उहाँले विगतमा माधव नेपालले १५ वर्ष पार्टी चलाउदा पार्टीको पहिचान र स्तर काहा पुर्याउनु भयो भन्ने कुरा र प्रचण्डको ईतिहास जाहा गए पनि फुटको खेती गरेको कुरा मूल्याकंन गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो । यस्तै उहाँले सूर्य चिन्ह संस्थापन पक्षकै हुने कुरामा ढुक्क हुन समेत कार्यकर्ताहरुलाई आग्ह गर्नुभयो ।
कार्यक्रममा अर्का केन्द्रिय सदस्य मधुसुदन खतीवडाले केपि ओलि नेतृत्वको सरकार जस्ले जनतामा आशा र भरोशा जगाएको थियो ती सबै कुरालाई प्रचण्ड र माधव नेपालले समाप्त पार्नुभएको बताउनुभयो । जनताको आशा अपेक्षाहरु क्रमश परिपूर्ति हुँदै गइरहेको अवस्थामा क प्रचण्ड र माधव नेपालले जनतामा निराशा भर्ने काम गर्नुभएको उहाँको भनाई थियो । अफ्टेरो परिस्थिमा सबैको साथ जरुरी रहेको भन्दै उहाँले देश र जनताको पक्षमा सधैं केपी ओली रहेको र आगामी चुनावमा पनि केपी ओलीले जनताको बहुमत प्राप्त गर्ने बताउनुभयो ।
नेकपा ९ नम्बर कार्यदल सदस्य यदुवंश खतिवडाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपाका वडा स्तरीय नेताहरु लक्ष्मण प्रसाद भण्डारी, रामचन्द्र अर्याल, सुर्दशन अर्याल, विष्णुमणी अधिकारी, आशाकाजी श्रेष्ठ, रमिला सापकोटा, शम्भु पाण्डे, नरेन्द्र भण्डारी, मिना अर्याललगायत करीब एकसय कार्यकताएहरुको उपस्थिती थियो । भेलाले वडामा विभिन्न कार्यक्रम आयोजना गर्न कार्यक्रम संयोजन समिती समेत गठन गरेको छ ।