बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड १९) को पीसीआर माध्यमबाट हालसम्म ८५५२ जनाको पीसीआर परिक्षण सम्पन्न भएकाे छ । प्रदेश सरकारले प्रदेशका १३ जिल्लामा कोरोना परिक्षणमा आरडीटी संगै पीसीआर जाँचलाई तिव्रता दिइएको हो । बागमती प्रदेशमा हाल सम्म ८ हजार ५ सय ५२ जनाको पीसीआर जाँच गरिएको प्रदेशको सामाजिक विकसा मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाईले जानकारी दिनुभयो ।

प्रदेशका जिल्ला मध्यमा सवै भन्दा वढी काठमाण्डौमा पीसीआर जाँच गरिएको छ । काठमाण्डौमा ३ हजार २ सय १३ जनाको पीसीआर जाँच गरिएको उहाँले वताउनुभयो । त्यसैगरी ललितपुरमा १ हजार ३ सय ३९ जना, भक्तपुरमा ९ सय ३९ जना, रसुवामा सवै भन्दा कम ११ जनाको पीसीआर जाँच गरिएको डाक्टर सेडाईले जानकारी दिनुभयो ।

त्यसैगरी नुवाकोटमा २ सय ३७ जना, धादिङमा १ सय ४० जना, चितवनमा १ हजार १ सय ८५ जना, सिंधुलीमा ९७ जना, मकवानपुर जिल्लामा ३ सय ६४ जना, रामेछापमा ४३ जना, दोलखामा १५ जना, काभ्रेमा ६ सय ८६ जना र सिन्धुपाल्चोकमा २ सय ९३ जनाको पीसीआर जाँच गरिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।