मकवानपुर- मकवानपुरको वकैया गाउँपालिकामा जारी प्रथम राष्ट्रिय माझी गोल्डकप अन्तर्गत शनिवारको खेलमा सुनसरी विजयी भएको छ । सुनसरीले धादिङलाई ५–० को अन्तरले पराजित गरेको हो । सुनसरीको जितका लागी देवकुमार माझीले ह्याट्रिक पुरा गरे । ह्याट्रिक गरेका देवकुमार म्यान अफ द म्याच घोषित भए । यस्तै सुनसरीका लागी सविन माझी र प्रविन माझीले समान १÷१ गोल गरे ।
यस्तै शनिवारनै हुने भनिएको झापा र नुवाकोट विचको दोश्रो खेल नुवाकोटलाई विजयी घोषित गरियो । झापाको टोली अनुपस्थित भएपछि नुवाकोट स्वत विजयी भएको हो । माझी उत्थान समाज मकवानपुरको आयोजनामा नेपाल मै पहिलो पटक मकवानपुरको बकैया गाउँपालिका–४ जुरेलीस्थित खेल मैदानमा भएको प्रतियोगितामा १७ टिमको सहभागितामा रहेको छ ।
प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।